काठमाण्डू, १४ माघ– धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै भिजनबिनाको मान्छे नेता नभएर ठग हुने आरोप लगाएका छन ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश गरेको केही घण्टामा नै मेयर साम्पाङले यस्तो आरोप लगाएका हुन ।
त्यसपछि उनले फेरि अर्को स्टाटस राख्दै भनेका छन्, ‘चोर, डाका, लुटेरा र ठगमध्ये कसलाई भोट दिने भनेर नेपाली अलमलमा परे, यता भीर उता खाडी भने जस्तो भयो !’ उनले यसमा कसैको नाम नलिएको भएपनि यो कुरा रवि लक्षित नै भएको देखिन्छ।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालतबाट ६५ लाख र स्वर्णलक्ष्मी सहकारी प्रकरणमा जिल्ला अदालत काठमाण्डूबाट ६० लाख धरौटीमा रिहा भइसकेका छन्।