काठमाण्डू, १३ माघ– धनुषामा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन । धनुषाको धनुषाधम नगरपालिका वडानम्बर ५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको आफ्नै श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ ।
ठाकुरले शनिबार राति २ बजे हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन ।
देवलालले ढोकामा लगाउने आग्लोले हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि डीएसपी सिंहले जानकारी दिए । देवलाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घरायसी विवाद हुँदा हत्या भएको प्रहरीले जानकारी दिएको छ ।