काठमाण्डू, १३ माघ– काठमाण्डूको ठमेलस्थित एक होटलमा २१ वर्षीया युवतीको शव भेटिएको छ । काठमाण्डू महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।
रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । उनी सोही होटलमा बसेकी थिइन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाण्डू प्रहरी परिसरकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिएकी छन ।