काठमाण्डू, १२ माघ– प्रहरीले नाबालिकालाई करणीको प्रयास गरेको भन्दै हेटौँडाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा बालिकामाथि करणीको प्रयास गरेको भन्दै ५५ वर्षीय एक जना पुरुषलाई शुक्रबार पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
पीडित पक्षको जाहेरीका आधारमा हेटौँडा–९ का स्थानीय रहेका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिएका छन ।
ती पुरुषविरुद्ध पीडितका परिवारले बिहीबार प्रहरीमा जाहेरी दिएको उनले जानकारी दिए । जाहेरी अनुसार हेटौँडा ९ प्रगति टोलका ५५ वर्षीय पुरुषले ९ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको परिवारको दाबी छ । उनले घटनाको बारेमा अनुसन्धान सरु गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।