काठमाण्डू, १२ माघ– आज शपनबार बिहान बैतडीको सिगास गाउँपालिका– १ माडौंहमा भएको जिप दुर्घटना दुईजनाको मृत्यु भएको छ । बैतडीको सिगास गाउँपालिका– १ इरानाकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिएका छन ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बैतडीले जानकारी दिएको छ । प्रहरी निरीक्षक पाण्डेका अुनसार सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट करिब पाँच सयमिटर खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा सिगासकै ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया भागरथी धामी घाइते भएको पनि उनले जानकारी दिएका छन । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिएका छन ।