माओवादी केन्द्रले अब कसैको बैसाखी टेक्दैन: प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ १२ गते १२:०३ मा प्रकाशित

काठमाण्डू, १२ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने घोषण गरेका छन । आज शनिबार बिहान दाङमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्ड अबका चुना एक्लै लड्ने बताएका छन । उनले अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको बताउँदै उनले त्यसको समीक्षा गरेर एक्लै चुनाव लड्ने निर्णय गरेको पनि बताएका छन ।

अध्यक्ष प्रचण्डले भने, ‘सर्बसम्त रुपमा हामीले निर्णय गरेका छौं । आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने हो,’ उनले भने, ‘माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो त्यसको पनि समीक्षा गरेर यो निर्णय गरियो ।’

उनले अबका सबै चुनाव आफ्नै शक्तिको बलमा लड्ने बताए । गत उपचुनावमै त्यो प्रयास गरेको भन्दै उनले जनताले राम्रो प्रतिक्रया दिएकोले उत्साहित भएको पनि बताएका छन ।

उनले अब ०८४ सम्म एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना नै नरहेको समेत बताएका छन । सहकार्य हुँदै पार्टी एकीकरण गर्दा पनि असफल भएको बताउँदै उनले भने, ‘इन अफ इज इन अफ, अति नै भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us