काठमाण्डू, १२ माघ– प्रहरीले क्रोएसिया पठाउने नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको महारभारत गाउँपालिका–२ का ४० वर्षीया लालिमाया दर्लामी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेको हो । उनले क्रोएसिया पठाउने भन्दै एक जनाबाट ५ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकी दर्लामीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।