असनको एक गोदाममा आगलागी

काठमाण्डु टुडे २०८१ माघ १० गते १६:४० मा प्रकाशित

काठमाण्डू, १० माघ– काठमाण्डूको असन चोकमा रहेको ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगलागी भएको छ । बिहीबार अपराह्न साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा एक घर रहेको गोदाममा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीको खबर आएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल नियन्त्रणका लागि पुगेको जिल्ला प्रहरी परिसर, काठमाण्डूकी प्रवक्ता पूर्णिमा चन्दले जानकारी दिएकी छन । आगो नियन्त्रणमा आउने क्रममा रहेको उनले जानकारी दिइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us