मातृभूमि जागरण अभियान सशक्त वैकल्पिक राजनीतिक शक्ति बन्नेछः भिम रावल

काठमाण्डु टुडे २०८१ माघ १० गते १५:२१ मा प्रकाशित

काठमाण्डू, १० माघ– एमालेको कारबाहीमा परेका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले मातृभूमि जागरण अभियान सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आउने बताएका छन । आज बुधबार अभियानका क्रममा बिहीबार दैलेख पुगेका रावलले भने, ‘हामी जनतालाई स्पष्ट विकल्प दिन चाहन्छौँ ।

मातृभूमि जागरण अभियान एउटा वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आउनेछ। अहिले त यसले पार्टीको स्वरूप धारण गरिसकेको छैन। तर, यो पछि दह्रो विकल्प बनेर आउँछ। जहाँ तपाईंहरू पनि सम्बद्ध हुनुहुनेछ ।’

रावलले जनताले चुनावमा विकल्प नै नपाउने अवस्था रहेको बताए । त्यसका कारण उनीहरू पुरानै दलहरूलाई मत दिन बाध्य भइरहेको उल्लेख गर्दै उनले भन, ‘हामी जनतालाई सु–स्पष्ट विकल्प दिन चाहन्छौँ। जहाँबाट जनताले त्यहीँ समाहित भएर अगाडि बढ्ने आँट गरून् ।’

उनले विद्यमान दलहरूलाई कोदो, मकै, भटमास, धान, मासलगायत सबै एकै ठाउँ भएको दालको संज्ञा दिए । ‘त्यो कसरी दाल भयो ? रावलले सोधे। उनले अहिलेका दलहरूले जनतालाई ढाँट्ने र छल्ने काम गरिरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us