भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक अधिकांश गाडी ५०० रेन्जमाथि

काठमाण्डु टुडे २०८१ माघ १० गते १२:४० मा प्रकाशित

काठमाण्डू, १० माघ– भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२ मा सार्वजनिक भएका अधिकांश गाडीको रेन्ज ५०० माथिको छ । ९० प्रतिशत बढी विद्युतीय सवारीसाधन (ईभी)ले वर्चस्व जमाएको यस वर्षको एक्स्पोमा लन्च भएका अधिकांश गाडीको रेन्ज ५०० माथिको रहेको छ ।

नेपाल, भारत होस् वा अन्य जुनसुकै देश होस्, गाडी खरिदकर्ताले सो गाडीले प्रदान गर्ने रेन्जलाई मुख्य चासोका रुपमा हेर्ने गर्दछन्। यसैले, अटो ब्राण्डबीच सबैभन्दा बढी रेन्ज कसले प्रदान गर्ने भन्ने प्रतिस्पर्धा जारी छ ।

जसले हरेक ब्राण्डले बढी रेन्ज दिने गाडी सार्वजनिक गर्दै आएका छन् । भारतीय ग्लोबल एक्स्पोमा पनि आफूले प्रदान गर्ने रेन्जमार्फत् नै ग्राहक आकर्षण गर्ने ढंगमा अटो ब्राण्ड अगाडि आएका छन्। भारत मोबिलिटी अटो एक्स्पोमा सस्तादेखि महंगा गाडी लन्च भएका छन्। लन्च गरिएका अधिकांश गाडीको रेन्ज ५०० किलोमिटरभन्दा माथि रहेको हो। एक्स्पोमा २० भन्दा धेरै ईभी सार्वजनिक भएकामा अधिकांश कम्पनीले लन्च गरेको गाडीको रेन्ज ५०० भन्दा बढी रहेको छ ।

अटो एक्स्पोमा मारुती सुजुकी, भिनफास्ट, एमजी, हुण्डाई, बिवाईडी, टोयोटा अर्वन क्रुजर, मर्सिडिज, बिएमडब्लु र कियालगायतका ब्राण्डहरुले आफ्नो उत्पादन सार्वजनिक गरे जसमा अधिकांशका रेन्ज ५०० माथि छ ।

हुन त, भारत मोबिलिटी एक्स्पोमा विद्युतीय गाडी प्रमुख आकर्षक थिए। अटो एक्स्पोको फोकस भविष्यको स्वच्छ गतिशीलतामा केन्द्रित भएकाले धेरै कम्पनीले आफ्ना विद्युतीय सवारीसाधन सार्वजनिक गरेका छन् ।

एक्स्पोमा प्रदर्शन गरिएका केही विद्युतीय गाडीलाई गाडी पारखीले रुचाएका छन्। प्रदर्शनमा राखिएको केही गाडी कम मूल्यका छन्। भने केही विलासी जीवनशैली मन पराउने ग्राहकका लागि ल्याइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us