प्रधानमन्त्री ओली र बेलायती राजदूत फेनबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ माघ ८ गते १७:०३ मा प्रकाशित

काठमाण्डू ८ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता गरेका छन ।

आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिरीको सहभागिता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us