एमालेलाई महँगो पर्दै भीम रावलमाथिको कारबाही, सुदूरपश्चिममा एमालेलाई ठूलो धक्का

काठमाण्डु टुडे २०८१ माघ ८ गते १६:३० मा प्रकाशित

काठमाण्डू ८ माघ– एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई कारबाही गरेपछि कार्यकर्तामा वितृष्णा बढ्दै गएको छ । एमालेले नेता डा.रावललाई पार्टीबाट निकालिएपछि देशभरबाट ठूलो संख्यामा नेता–कार्यकर्ताले एमाले छोड्न थालेका छन्, जसले सुदूरपश्चिम प्रदेशमा एमालेलाई ठूलो धक्का लगेको छ ।

नेता रावलले मातृभूमि जागरण अभियान नेतृत्व गर्दै संगठन निर्माणमा लागेका छन्। उनको गृहजिल्ला अछाममा एकसाथ हजारौंले एमाले छोडेका छन्, जसमा एक हजार ८६ जना स्थानीय नेताकार्यकर्ता छन्।

यी सबैले रावलको अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । समर्थकहरूमा प्रदेश कमिटी, विभागीय, केन्द्रीय विभाग, जिल्ला कमिटी सचिवालय, प्रवास प्रतिनिधि, जिल्ला सल्लाहकार, नगर तथा वडा कमिटी पदाधिकारी, अनेम संघ, र जनवर्गीय संगठनका पदाधिकारीहरू समेत समावेश छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us