प्रधानमन्त्री ओली द्धारा सगरमाथा संवादको शुभारम्भ

काठमाण्डु टुडे २०८१ माघ ८ गते १४:१५ मा प्रकाशित

काठमाण्डू ८ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २ जेठ ४ गतेसम्म काठमाण्डूमा हुने सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन् ।

अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गरेका हुन् ।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको छ ।

प्रधानमन्त्री ओलीले नेपालले किन यस प्रकारको कार्यक्रम गर्न लागेको भन्ने विषयमा सम्बोधन गरे । कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, विशिष्ट अधिकारी र नेपालस्थित कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us