काठमाण्डू ८ माघ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् ।
आज (मंगलबार) लेखा समितिको बैठकमा बोल्दै सांसद ढकालले लेखा समिति सभापति पोखरेलको राजीनामा मागेका हुन् । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्छ,’ उनले भनेका छन् ।
विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि उनले आग्रह गरेका छन् । उनले भने, ‘हिजो विगतमा के बिग्रेको थियो भनेर त्यही गर्नुपर्छ भन्ने होइन । लेखा समिति सभापति प्रतिपक्षीको हुने विश्वव्यापी मान्यता छ ।’