गुल्मीमा एक जना पुरुषको शव फेला, घटना शंकास्पद

काठमाण्डु टुडे २०८१ माघ ८ गते १२:४९ मा प्रकाशित

काठमाण्डू ८ माघ– गुल्मीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन । गुल्मीको मालिका गाउँपालिका–८ कालीमाटी निवासी ६० वर्षका लालबहादुर रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजन भुजेलले जानकारी दिएका छन ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा प्रहरी टोली खटिएको पनि प्रहरीले जानकारी दिएको छ ।

घटना शंकास्पद रहेकाले थप अनुसन्धानको लागि जिल्लाबाट एसपी राजन भुजेलसहितको टोली पनि त्यहाँ पुगेको पनि जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us