काठमाण्डू ८ माघ– एमाले सांसद गोकुलप्रसाद बास्कोटाले बाढी पीडित क्षेत्रमा सरकारबाट केही काम हुन नसकेको दाबी गरेका छन । आज (मंगलबार) संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन ।
लेखा समितिको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले भने, ‘म पनि बाढी पीडित क्षेत्रको मान्छे हुँ । त्यहाँ केही पनि काम भएको छैन । बीपी हाइवे कति बनेको छ ? पूर्व जाने मधेश झर्ने कति जना हुनुहुन्छ ।’
जनसरोकारका विषयमा समेत संसद्मा छलफल आवश्यक रहेको उनले बताए ।