ट्रम्पलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले भनेः तपाईंसँग काम गर्न उत्सुक छु

काठमाण्डु टुडे २०८१ माघ ८ गते ११:२७ मा प्रकाशित

काठमाण्डू ८ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई सामाजिक सञ्जाल एक्स बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले ट्रम्पलाई बधाई दिदैँ लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नुभएकोमा डोनाल्ड जे. ट्रम्पलाई मेरो हार्दिक बधाई छ। सफल कार्यकालको शुभकामना पनि ।

नेपाल र अमेरिकाबीच ७५ भन्दा बढी वर्षदेखि आत्मीय सम्बन्ध रहँदै आएको छ, र म यो साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न उत्सुक छु।’ प्रधानमन्त्री ओलीको यो सन्देशले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us