वामदेव बारे छलफल गर्न एमाले सचिवालय बैठक

काठमाण्डु टुडे २०८१ माघ ८ गते ११:१५ मा प्रकाशित

काठमाण्डू ८ माघ– सत्ता घटक दल एमालेको सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । सचिवालयको बैठक एमाले मुख्यालय च्यासलमा आज अपराह्न ४ बजे बस्ने एमालेका एक सचिवालय सदस्यले जानकारी दिएका छन ।

आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुने ति सदस्यले जानकारी दिएका छन । आजको बैठकले गौतमलाई स्वागत गर्नुका साथै उनको जिम्मेवारीकाबारेमा समेत छलफल गर्नेछ ।

यसका साथै समसामयिक राजनीति र संसदको दिउँदे अधिवेशनबारे छलफल हुने नेताहरुले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us