रवि पक्षका दुई वकिलको बहस सकियो, थुनामुक्त गराउन माग

काठमाण्डु टुडे २०८१ माघ २ गते १४:५९ मा प्रकाशित

काठमाण्डू, २ माघ– स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज –बुधबार) रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमण श्रेष्ठले बहस गरीरहेका छन ।

पन्त र श्रेष्ठ दुवै पूर्वमहान्यायाधिवक्ता हुन् । उनीहरूले रविलाई छाड्नुपर्ने तर्क पेश गर्दै इजलासमा बहस गरिरहेका छन् । अहिले खाजाका लागि समय छुट्टयाइएको छ भने सवा २ बजेबाट पुनः इजलास सुरु हुनेछ ।

जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए । उनीविरुद्ध काठमाण्डूमा पनि परेको मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ । रविविरुद्ध बहस गरेका वकिलहरूले उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् । प्रमाण नष्ट हुनसक्ने भन्दै रविलाई थुनामै राख्नुपर्ने उनीहरूको तर्क रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us