देउवाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाए

काठमाण्डु टुडे २०८१ माघ २ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, २ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सहभागी मन्त्रीहरूलाई विहीवार बैठकमा बोलाएका छन ।

देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् । सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन ।

उनले भने, ‘यो संसद् बैठक बस्नुअघिको वामवर्क बैठक हो, मन्त्रीहरूले के–के काम गरिरहनु भएको छ भनेर जानकारी गराउने कुरा पनि हो ।’ सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस बिषयमा पनि छलफल हुने पार्टीका एक पदाधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us