सरकार ढल्ने हल्ला भ्रम मात्रै होः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ माघ २ गते १३:१० मा प्रकाशित

काठमाण्डू, २ माघ– नेकपा एमालेका अध्यक्षय समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढल्दैछ भन्ने हल्ला भ्रम फैलाएको भन्दै असनतुष्टि व्यक्त गरेका छन ।

आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उद्योगी व्यवसायीहसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

ओलीले माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै राम्रा काम हुँदा पनि विरोध मात्रै गरिरहेको बताए । माओवादी अध्यक्ष प्रचण्डले मंगलबार मात्रै सुकेटेमा पत्रकारसँग सरकार आफ्नै कारणले ढल्न लागेको टिप्पणी गरेका थिए । त्यसकै जवाफमा प्रधानमन्त्री ओलीले सरकार ढल्छ भन्ने भ्रममात्रै भएको बताएका हुन ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले विकास गरौं भन्ने इच्छाशक्ती नदेखाउँदा देशमा यो अवस्था आएको पनि बताएका छन । उनले आफू नेतृत्वको सरकारले सकारात्मक दूरगामी महत्वका नीति निर्माण गरिरहेको दाबीसमेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us