
काठमाण्डू, २ माघ– आज बुधबार समाजवादी मोर्चाको बैठक बस्दैछ । आज दिउँसो २ गते एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको एक नेताले जानकारी दिएका छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारमा हुँदा यो मोर्चा निष्क्रिय थियो । उनी सत्ताबाट बाहिरिएपछि भने पुनस् सक्रिय हुन लागेको हो ।
०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा छैनन् ।
समाजवादी मोर्चाको बैठकअघि माओवादी अध्यक्ष प्रचण्डले प्रतिपक्षी दलको बैठक बोलाएका छन् । प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित माओवादी केन्द्रको दलको कार्यालयमा बसेको थियो ।