काठमाण्डू, २ माघ– प्रहरीले काठमाण्डूको आज (बुधबार) काँडाघारीबाट बरामद गरेको रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको खुलेको छ ।
आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ । रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।