काठमाण्डु, २ माघ– संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक बस्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बस्न लागेको हो । बैठक माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा प्रतिपक्षमा रहेका माओवादी, रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपालगायत दलका नेता सहभागी हुनेछन् ।
बैठकमा संसद छलेर सरकारले केही दिनअघि ल्याएको अध्यादेश, संसद बैठक बोलाउन भइरहेको ढिलाई लगायत विषयमा छलफल हुने नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
विपक्षी दलले संसदको हउँदे अधिवेशन बोलाउन दबाब दिइरहेको भए पनि सरकारले अटेरी गर्दै आएको छ ।