एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ

काठमाण्डु टुडे २०८१ माघ १ गते ११:२७ मा प्रकाशित

काठमाण्डू, १ माघ– एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन । चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाण्डूका एक अधिकृतले जानकारी दिएका छन ।

उनले भने, ‘युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेको थियो, त्यही जाहेरीमाथि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो ।’

प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीसम्म उजुरी परेको थियो । चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुनसक्छ । त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइराखिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us