कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट ३८ बंगुर मरे

काठमाण्डु टुडे २०८१ पुष २९ गते १७:५१ मा प्रकाशित

काठमाण्डू, २९ पुस– कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगबाट धमाधम बंगुरहरु मर्न थालेका छन् ।

कौलालीको घोडाघोडी नगरपालिका–९ रतिपुरका प्रदेशु चौधरीले पालेका ३८ बंगुर अफ्रिकन स्वाइन फिभर रोग लागेर मरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले चौधरीले पालेका ३२ पाठापाठी, ५ माउ र एक भाले बंगुरको मरेको जानकारी दिएका छन ।

१५ पुसदेखि बंगुरको मर्न थालेकोमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा नमूना परीक्षण गर्ने क्रममा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको डीएसपी बोहराले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us