काठमाण्डू, २९ पुस– सरकारले विश्व बैंकबाट प्राप्त हुने १ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
गत २६ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन ।