राष्ट्रपतिले गरे निर्माणाधीन संसद् भवन अवलोकन

काठमाण्डु टुडे २०८१ पुष २९ गते १५:४१ मा प्रकाशित

काठमाण्डू, २९ पुस– राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल सोमबार दिउँसो निर्माणाधीन भवन अवलोकन गर्न पुगेका हुन् ।

उनीसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नरायण दाहाल लगायत पनि निर्माणाधीन संसद् भवन अवलोकन गर्न पुगेका थिए । राष्ट्रपति पौडेलले निर्माणाधीन भवनबारे प्राविधिकहरूसँग जानकारी समेत लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल असोज १ गते सिंहदरबार परिसरभित्र नयाँ संसद् भवन शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको संसद भवन अझै बनिसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us