जुवाको खालबाट ११ जना जुवाडे पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २९ गते १४:०८ मा प्रकाशित

काठमाण्डू, २९ पुस– प्रहरीले कैलालीमा जुवाको खालबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका–३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।

जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । त्यसक्रममा जुवा खेलिरहेको अवस्थामा भेटिएका खत्रीसहितका ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का तपेन्द्र खड्का, विनोद अधिकारी, सुरज ओली, सु सुर्खेतको चौकुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका–२ का कटक थापा, बर्दगोरिया-१ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन ।

उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद गरिएको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us