काठमाण्डू, २९ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक अब बुधबार (माघ २) गते मात्रै बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन ।
बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने पनि सचिव पौडेलले जानकारी दिएका छन ।
उनले भने, ‘बैठक आज बस्ने तय गरेका थियौं । विविध कारणले बुधबारसम्मका लागि सर्यो, ‘बैठकमा नेताहरूको कार्यविभाजनबारे छलफल हुने छ।’ पार्टीको पछिल्लो पटक बसेको केन्द्रीय समिति (पुस २१ देखि २३ ) पछि बस्न लागेको यो पहिलो पदाधिकारी बैठक हो ।
नेताहरूको कार्यविभाजनबाहेक अन्य विषयमा सो दिन छलफल नहुने पौडेल बताउँछन् । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’लाई जिम्मेवारी दिनेबारे भने अहिले केही निर्णय नहुने पौडेलले दाबी गरे ।