काठमाण्डू, २९ पुस– प्रहरीले काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–४ जग्डोलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भई काठमाण्डूको बौद्ध नयाँ बस्ती बस्दै आएका २६ वर्षीय समीर तामाङ रहेको प्रहरीले जानकारी दिएको ।
वास्तविक नम्बर बागमती प्रदेश ०२–०२५ प ३१ २९ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०२८ प १९ ७१ राखी समीरले चलाइरहेको अवस्था फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा प्रहरीले जानकारी दिएको छ ।
उक्त मोटरसाइकल भक्तपुर घर भएका पूर्ण बहादुर शाहीले यही पुस २२ गते भक्तपुरकै च्यामासिंहबाट हराएको भनी काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
तामाङलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन ।