
काठमाण्डू, २८ पुस– प्रधानमन्त्री केपी ओलीले दरबार मार्गमा गरेको ‘नेशनल डे कन्सर्ट’ का नाममा राज्य कोषको ३७ लाख रुपैयाँ सकाएका छन् ।
संविधान दिवसका अवसरमा सरकारले गत ३ असोजमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरेको थियो ।
अर्थ मन्त्रालयले कन्सर्ट खर्च शीर्षकमा गृह मन्त्रालयलाई सो रकम निकाशा दिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओली पत्नी राधिकाका साथ सहभागी भएका थिए । अर्थमन्त्री विष्णु पौडेलमा पनि कार्यक्रममा बोलाइएका थिए ।
नागरिक स्तरबाट आयोजना गरिएको भनिए पनि उक्त कार्यक्रम व्यवस्थापनमा एमाले पंक्ति संलग्न थियो ।
एमालेनिकट कलाकार एवं चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) ले उक्त कार्यक्रम व्यवस्थापन गरेका थिए ।
दाहाल प्रधानमन्त्री ओलीका कट्टर समर्थक र छिमेकी हुन् ।