रविलाई न्यायिक हिरासत लगियो

काठमाण्डु टुडे २०८१ पुष २८ गते १७:१० मा प्रकाशित

काठमाण्डू, २८ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगीएको छ ।

जिल्ला अदालत काठमाण्डूमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाण्डूको हिरासतमा लगिएको स्रोतले जानकारी दिएको छ । उनलाई भर्खरै काठमाण्डु जिल्ला अदालतबाट प्रहरीले लगेको छ ।

उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जानकारी दिएको छ । सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाण्डूको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us