मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २८ गते १६:२७ मा प्रकाशित

काठमाण्डू, २८ पुस– चितवनमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित सडकमा बाप्र ०६–००२ प ४८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय वैकुण्ठनाथ लम्सालको शनिवार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us