काठमाण्डू, २८ पुस– काठमाण्डूको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) सभापत रवि लामिछानेको बयान करिब तीन घण्टादेखि जारी छ ।
जिल्ला अदालत काठमाण्डूमा बयान जारी रहदाँ अदालत परिसरबाहिर रास्वपाका कार्यकर्ता तथा उनका शुभेच्छुकहरू जम्मा हुँदै गएका छन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान जारी छ । काठमाण्डुको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाको थुनछेकसम्बन्धी बयानका लागि पूर्वगृहमन्त्री लामिछाने आज अदालतमा उपस्थित भएका हुन् ।
गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।