रवि लामिछाने काठमाण्डू जिल्ला अदालतमा उपस्थित

काठमाण्डु टुडे २०८१ पुष २८ गते ९:५७ मा प्रकाशित

काठमाण्डू, २८ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाण्डू जिल्ला अदालतमा उपस्थित भएका छन् ।

लामिछाने आइतबार बिहान ९ बजेपछि अदालतमा उपस्थित भएका हुन् । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा २ कात्तिकमा पक्राउ परेका लामिछाने ८४ दिन हिरासत बसेपछि जिल्ला अदालत कास्कीको आदेशमा ६५ लाख धरौटी बुझाएर बिहीबार रिहा भएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन कसुरमा उनीसहित ३९ जनाविरुद्ध २१ कात्तिकमा अर्को मुद्धा दायर गरेको छ ।

प्रहरीले बिहीबारै पोखराबाट पक्राउ गरी काठमाण्डू ल्याउने तयारी गरेको थियो । तर, जनस्तरबाट चर्को विरोध हुन आशंकासहित गृह प्रशासनले आफैं उपस्थित हुने गरी परिवार र पार्टी नेताको जिम्मा लगाएर छाडेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us