न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस

काठमाण्डु टुडे २०८१ पुष २७ गते १७:२७ मा प्रकाशित

काठमाण्डू, २७ पुस– न्यायपरिषदको सदस्यमा नेपाल बार एसोसिएसनले दामोदर खड्काको नाम सिफारिस गरेको छ । आज शनिबार बसेको कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गरेको, महासचिव अञ्जिता खनालले जानकारी दिइन् । खड्का बरिष्ठ अधिवक्ता हुन् ।

आइतबार नै बारले सिफारिससम्बन्धी विवरण खुलाइएको चिठी न्यायपरिषदमा पठाउनेछ । अनि न्यायपरिषदले बारको सिफारिस सहितको पत्र संसदीय सुनुवाइ समितिमा पठाउने उनले जानकारी दिएकी छन ।

न्यायपरिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशका साथै थप दुई जना सदस्यहरु नियुक्त हुन्छन् ।

ती दुईमध्ये एकजनाको नाम प्रधानमन्त्रीले सिफारिस गर्ने र अर्कोको नाम नेपाल बार एसोसिएसनले सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us