७ करोड ठगेको आरोपमा काठमाण्डू –४ का पूर्व वडाअध्यक्ष पक्राउ

काठमाण्डु टुडे २०८१ पुष २७ गते १६:११ मा प्रकाशित

काठमाण्डू, २७ पुस– प्रहरीले जग्गा सम्बन्धी ठगी गरेको आरोपमा काठमाण्डू महानगरपालिका–४ का एकजना पूर्व वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व वडाध्यक्ष मोहनबहादुर विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिएका छन । ५८ वर्षीय विष्ट शनिवार बिहान शंखपार्कबाट पक्राउ परेका हुन् ।

उनी नेकपा (एमाले)का तर्फबाट २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए । विष्टसहित ३ जनाले धर्मस्थलीमा रहेको जग्गा दिन्छौँ भनेर बैना लएको तर, सो जग्गा अरूलाई नै बेचेर ठगेको आरोप छ ।

तारकेश्वर नगरपालिका वडा नम्बर–८ घर भएका राजेन्द्र कोइरालासँग उनीहरूले ७ करोड ८७ लाख बैना लिएका थिए । ठगीमा संलग्न तारकेश्वर–८ घर भएकी ५७ वर्षीया सुलोचना कँडेल, ४३ वर्षीया शान्ति पाठक र ५८ वर्षीय रबित विष्ट फरार रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us