काठमाण्डू, २७ पुस– आज (शनिबार) बिहान लमजुङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । पुस महिनामा लगातार भूकम्पहरू गइरहेका छन् ।
यसअघि पुस १९ गते मनाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।