संसदको अन्तर्राष्ट्रिय समितिले ओलीलाई बोलायो

काठमाण्डु टुडे २०८१ पुष २६ गते १२:५१ मा प्रकाशित

काठमाण्डू, २६ पुस– संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री केपी ओलीलाई छलफमा बोलाएको छ ।

ओलीको चीन भ्रमणबारे छलफल गर्न समितिले बैठकमा बोलाउने निर्णय गरेको हो । सोमबार बस्ने समिति बैठकमा ओलीलाई बोलाइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।

ओलीले गत मंसिर १७ देखि २० गतेसम्म चीनको भ्रमण गरेका थिए ।

असार अन्तिम साता प्रधानमन्त्री नियुक्त भएका ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण थियो ।

भ्रमणका क्रममा चीनसँग ‘बीआरआई फ्रेमवर्क’ मा समझदारी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us