काठमाण्डू,– अमेरिकाको भर्जिनिया राज्यमा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कार चालक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट छन् ।
भर्जिनियाको स्यान्टिल्लीस्थित एक होटलको पार्किङमा कार चिप्लिएर नजिकै रहेको स्विमिङ पुलमा खसेको स्थानीय प्रहरीले जनाएको छ । घटना स्थानीय समयअनुसार बिहीबार बिहानको हो ।
मृतकमध्ये कार चालक थापा सोही होटलका कर्मचारी रहेको बताइएको छ । भट्ट भने केही समयअघि अमेरिका गएका र कामको खोजीमा होटलमा पुगेका थिए ।