काठमाण्डु, २५ पुस– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् ।
राष्ट्र बैंकका अधिकारी र व्यवसायीलाई धम्की दिएको कसुरमा जिल्ला अदालत काठमाण्डुका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रसाईंसँगै उनका सहयोगी हरिचन्द्र फुयाँल पनि तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । अर्का अभियुक्त रामचन्द्र मैनाली भने फरार छन् । उनीसँग पनि समान तीन लाख नै धरौटी मागिएको छ ।
प्रसाईं र फुयाँल धरौटी रकम बुझाएर रिहा भएका प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले प्रसाईं र फुयाँलसहित तीन जनाविरुद्ध आपराधिक लाभ र संगठित कसुरमा मुद्दा चलाउन गरेको सिफारिस अुनसार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले मुद्धा दायर गरेको थियो ।