सल्यान, २४ पुस- दुई छोरीको हत्या आरोपमा आमा पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ की २६ वर्षीया पूर्णिमा रानामगर छिन् ।
पूर्णिमाले बुधबार बिहान छोरीहरु ३ वर्षीया करिष्मा र ६ वर्षीया राघवी रानामगरको घाँटी थिचेर हत्या गरेकी थिइन् ।
सल्यान प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले पूर्णिमाले छोरीहरुको हत्या आफूले गरेको स्वीकार गरेको जानकारी दिए ।
श्रीमानसँगको विवादपछि छोरीहरुको हत्या गरेको उनले बताएकी छन् ।
छोरीहरुको हत्यापछि आफूले पनि आत्महत्या गर्ने सोच बनाएको तर, नसकेको बयान उनको छ ।