दबाब नदिए टीआरसी अर्को १८ वर्ष जान पनि वेर छैनः अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ पुष २४ गते १२:२३ मा प्रकाशित

काठमाण्डू, २४ पुस– पूर्व प्रधानमन्त्री समेत रहेक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीआरसीको विषय टुङ्गोमा पुर्याउन सदन, सरकार र सडकबाट दबाब दिनुपर्ने बताएका छन ।

आज (बुधवार) नेपाल वार एसोसिएसनमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले प्रेसर बढाए मात्र यो विषय टुङ्गोमा पुर्याउन सकिने पनि बताएका छन । उनले भने, ‘‘एकताबद्ध भएर पीडितले सडकबाट दबाब नदिए टी आरसी अर्को १८ वर्ष जान पनि बेर छैन।

राजनीतिक दबाब दिन जरुरी छ । प्रेसर भएका यो टुङ्गोमा पुग्न सक्छ। म दबाब बढाउने ढङ्गले सोच्दै छु। सदन सरकार र सडकबाट दबाब दिने तयारीमा छु।’उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग टीआरसीलाई अघि बढाउन दबाब दिन छिट्टै भेट्ने समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us