पूर्वउपराष्ट्रपतिलाई मैले पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयोः प्रचण्ड

काठमाण्डु टुडे २०८१ पुष २३ गते १७:५१ मा प्रकाशित

काठमाण्डू, २३ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा आफूले सक्रिय हुन नभनेको प्रष्टीकरण दिएका छन् ।

आज (मंगलबार) पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले यस्तो प्रष्टीकरण दिएका हुन । सोमबार र मंगलबार नेताहरूले पूर्वराष्ट्रपति पुनलाई पार्टीमा सक्रिय गराउन खोजेको भनेर प्रचण्डको आलोचना गरेका थिए ।

पूर्वउपराष्ट्रपतिलाई पार्टीमा सक्रिय गराउँदा पूर्वराष्ट्रपति पदकै अपमान हुने नेताहरूको भनाइ थियो । जवाफमा प्रचण्डले आफूले नबोलाएको र पूर्वराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रष्टीकरण दिएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘मैले पासाङजी लाई आउनु भनेको होइन । रिटायर्ड भएपछि म सक्रिय भुमिकामा आउनु चाहन्छु भनिरहनुभयो,’ प्रचण्डले भने ।

केन्द्रीय समितिको बैठकमा पूर्वउपराष्ट्रपति पुन उपाध्यक्षको लहरमा बसेका थिए । तर प्रचण्डले ‘ आमन्त्रितकै रुपमा बोलाएको। पूर्वउपराष्ट्रपति पुन आफैँ पार्टीमा सक्रिय हुन चाहेको प्रचण्डले पटक–पटक दोहोर्याए । ‘म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नुभयो’ प्रचण्डले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us