काठमाण्डू, २३ पुस– गएको आइतबारबाट ललितपुरको च्यासलमा सुरु भएको एमालको केन्द्रीय कमिटिको बैठक आज सकिएको छ ।
पार्टीको केन्द्रीय कमिटी बैठक मंगलबार अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य राखेसँगै सकिएको हो । केन्द्रीय कमिटिको बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीनरतीन मिनेट धारणा राखेका थिए । बैठकको समापन गर्दै अध्यक्ष ओलीले पार्टीमा कुनै गुट र विचारधारा नभएको प्रष्ट पारेका छन् ।
आजको बैठकमा अध्यक्ष ओलीले भने, ‘अध्यक्षले प्रष्ट भन्नुभएको छ, विचारधारा र गुट पार्टीमा छैन । विचारमा हाम्रो कुनै मतभिन्नता छैन,’ ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले, ‘आफ्नो कुनै कुरा राख्न मन छ भने बैठकमा राख्नुस् । यहाँ राखेका कुरा सुनिन्छ ।
पार्टीका विषयहरू सडकमा राख्ने र सडकबाट जनमत बनाउँछु भन्ने कुरा प्रक्रियाका हिसाबले ठिक हुँदैन ।’केही स्वार्थ समूहहरू भन्दा बाहेक अन्य कोही पनि पार्टीमा गुट बनाएर नहिँडेको ओलीको भनाइ थियो ।