काठमाण्डू, २३ पुस– ललितपुरको च्यासलमा जारी एमाले केन्द्रीय कमिटिको बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । आइतबारबाट सुरु भएको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको हो ।
लगत्तै अध्यक्ष केपी शर्मा ओलीले बैठकको समापन सम्बोधन सुरु गरेको एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकमा अध्यक्ष ओलीले अहिले सम्बोधन गरिरहेको उनको सचिवालयले जनाएको छ । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन तीन मिनेटको समय दिइएको थियो ।