काठमाण्डू, २३ पुस- काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।
मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पले धेरैबेर हल्लाएको थियो । भूकम्पपछि मानिसहरु चिच्याउँदै घरबाहिर निस्किएका थिए ।
काठमाण्डुसहित आसपासका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रामेछाप, दोलखालगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्रबिन्दुबारे बताइसकेको छैन । भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन ।
पछिल्लो समय नेपालका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर लगातारजसो भूकम्प जाने गरेको छ ।