काठमाण्डु, २२ पुस– एमालेको केन्द्रीय समिटिको बैठक लम्बिएको छ । हिजो (आइतबार) बाट ललितपुको च्यासलस्थित एमाले मुख्यालय च्यासमा सुरु भएको बैठक दुई दिन बस्ने भनिएपनि नेताहरूले बोल्न बाँकी रहेकाले भोलि पनि बैठक बस्ने एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन । अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले बोलेका छन् ।
‘भूगोलका ६४ जना र गैरभूगोलका १० जनाले आफ्नो कुरा राखेपछि अहिले पोलिटब्यूरो सदस्यहरुले बोल्न थालेका छन्’, केन्द्रीय सदस्य गणेश गणेश पहाडीले भने । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्न तीन मिनेटको समय छुट्याइएको छ ।
तर ठूलो कमिटी भएकाले बैठक लम्बिने भएको हो । एमालेमा ३३१ सदस्यीय केन्द्रीय कमिटी छ ।