एमालेमै फर्किए एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ

काठमाण्डु टुडे २०८१ पुष २२ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, २२ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमालेमै फर्किएका छन ।

उनी आज सोमबार एमालेमा फर्किएका हुन । एमाले मुख्यालय ललितपुको च्यासलमा जारी एमाले केन्द्रीय कमिटिको बैठकबाट प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चेपाङलाई एमालेमा प्रवेश गराएका हुन ।

चेपाङ एकीकृत समाजवादीको आदिवासी जनजाति फाँटका सह–इञ्चार्ज समेत थिए । चेपाङ संविधान सभा सदस्य समेत हुन ।

उनी एकीकृत समाजवादीमा उचित स्थान प्रप्त नभएको भन्दै पुनः एमालेमै फर्किएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us